सचिवालय बैठकको बीचैमा बाहिरिए प्रधानमन्त्री

काठमाडौं। नेकपा सचिवालय बैठक जारी रहेका बेला प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन्। बिहीबार बोलाइएको स्थायी समिति बैठकका एजेण्डा तय गर्न बसेको सचिवालय बैठकको बीचमा प्रधामन्त्री ओली बाहिरिएका हुन्।

बैठकमा एक व्यक्ति एक पदका विषयमा विवाद भएपछि प्रधानमन्त्री ओली झोँक्किएर हिँडेको नेकपा स्रोतले जनाएको छ। प्रधामन्त्री ओली बैठकबाट उठेर गए पनि बैठक भने जारी रहेको बताइएको छ।

गत शनिबार बसेको सचिवालय बैठकले पार्टीभित्र देखिएको विवाद समाधानका लागि एक व्यक्ति एक जिम्मेवारीमा सहमति गरेको थियो। तर पछि प्रधानमन्त्री ओली उक्त सहमतिको विपक्षमा देखिँदै आएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *