भारतबाट धान बोकेर आएको ट्रकबाट १७ लाख नेपाली रुपैयाँ बरामद, दुई भारतीय पक्राउ

काठमाडौं । सर्लाहीमा भारतबाट धान बोकेर आएको ट्रकबाट १८ लाख रुपैयाँ बरामद भएको छ ।

मलंगवा नगरपालिका–२ मा १७ लाख ९० हजार नेपाली रुपैयाँ र ४ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका हुन् ।

भन्सार चेक पोष्टमा खटिएका सशस्त्र प्रहरीले भारतबाट नेपाल प्रवेश गरेको बीआर ३० बीए २४५८ नम्बरको ट्रकलाई चेकजाँच्ने गर्नेक्रममा स्रोत नखुलेको अवैध रकम बरामद भएको छ ।

ट्रक चालक ४२ वर्षीय रामललित मण्डल र सह–चालक ३३ वर्षीय निरजकुमार मण्डल पक्राउ परेका हुन् ।

यसबारे थप अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ ।

यसअघि विराटनगरमा पनि सशस्त्र प्रहरीले अवैध एक करोड ९ लाख भारतीय रुपैयाँ बरामद गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *