बढ्दो मृत्युदरबीच पनि लकडाउन किन खुकुलो बनाउँदैछ बेलायत ?

काठमाडौं । बढ्दो मृत्युदरबीच पनि बेलायतले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । उपचारपछि निको भएर फर्किएका कोरोना भाइरस (कोभिड १९) संक्रमित त्यहाँका प्रधानमन्त्री बोरिस जोनसनले लकडाउन खुकुलो बनाउने निर्णय गरेका हुन् ।

बुधबार संसदमा बोल्दै उनले लकडाउन खुकुलो बनाउने योजना बनेको बताएको माइ लण्डनले उल्लेख गरेको छ । माइ लण्डनका अनुसार आउँदो आइतबार योजना अनुरुप ‘रोड म्याप’ सहित प्रस्तुत हुने उनले जानकारी समेत दिएका छन् ।

‘हाम्रोमा संक्रमितको संख्या भयावह छ। अनि हरेक व्यक्तिको मृत्यु त्रासदिपूर्ण छ । तर हामीले यस रोग रोकथामका लागि पनि काम गर्नु छ, अर्थतन्त्रलाई बिर्सनु हुँदैन’, माइ लण्डनले प्रधानमन्त्री बोरिसको भनाइ उद्धृत गर्दै लेखेको छ ।

कोरोना भाइरसको संक्रमणले अमेरिकापछि बेलायतमा धेरै मानिसको मृत्यु भएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा थप ६४९ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३० हजार ७६ पुगेको छ । त्यहाँ २ लाख १ हजार १०१ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *