प्रदेश सांसदसहित १ सय जनाद्वारा रक्तदान

चितवन । लकडाउनको समयमा रगत अभाव भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट दुई युवा संगठनहरुले चितवनको रत्ननगरमा बिहिबार रक्तदान कार्यक्रम गरेका छन् ।

अनेरास्ववियू चितवन र राष्ट्रिय युवा संघ चितवनले विहिबार रत्ननगरमा रक्तदान कार्यक्रम आयोजना गरेका हुन् । रत्ननगरको नगरपालिकाको कार्यालय परिसरमा गरिएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कंचन खनाल सहित १ सय जनाले रक्तदान गरेको युवा नेता सुवास मिश्रले जानकारी दिए ।

नेकपाको यी दुई संगठनहरुले यही बैशाख ११ गते देखि जिल्लाका विभिन्न स्थानमा नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

कार्यक्रममा नेकपा बागमती प्रदेशका प्रदेश सभा सदस्य एवं नेकपा चितवनका ईन्चार्ज कृष्ण प्रसाद खनाल, प्रदेश सभा सदस्य कन्चन खनाल, राष्ट्रिय युवा संघ चितवनका संयोजक मधु न्योपाने, अनेरास्ववियु चितवनका संयोजक प्रकाश आचार्य, रत्नननगर नगरपालिकाका मेयर नारायण वन , उप मेयर विमलादेवि दुवाडी, पार्टी नेताहरु कुलप्रसाद लामिछाने, राजु अम्गाई, संगिता भट्टराई, ओम लामिछाने, अनिल तामाङ, प्रताप डल्लाकोटी, सरोज भण्डारी, प्रदीप बन्जारा, गणेश पौडेल, सिलन बराल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *