स्थायी समिति बैठक स्थगितबारे यस्तो छ प्रचण्डको प्रतिक्रिया

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक गृहकार्य नपुगेकाले पार्टी स्थायी समिति बैठक स्थगित भएको बताएका छन्। प्रचण्डले अहिले पनि दुई अध्यक्षबीच उक्त विषयमा छलफल जारी रहेको प्रतिक्रिया दिए।

बिहीबारका लागि स्थायी समिति बैठक बोलाउने नेकपाको निर्णय थियो। तर बुधवार बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टि र आक्रोशपछि उक्त बैठक स्थगित भएको थियो। संसद् भवन नयाँ बानेश्वरमा कोरोना परीक्षणका लागि स्वाब दिन पुगेका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँग छलफल सकिएपछि दुई दिनभित्र स्थायी समिति बैठक बोलाउने तयारी रहेको बताए।

उनले भने, ‘अलि गृहकार्य नपुगेकै हो। दुवै अध्यक्षले बैठक एक दुई दिन भित्र बोलाउँछौँ।’ अध्यक्ष प्रचण्डले बिहीबार संसद् सभा हलको अनुगमन पनि गरेका छन्। स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न बुधवार बसेको सचिवालय बैठकमा सहमति जुट्न नसकेपछि बैठक अनिश्चित बनेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *