वडाध्यक्षको पहलमा समस्यामा परेकाहरुलाई गुरुङ दम्पत्तिकाे राहत

  • भरतराज शर्मा (गोपाल)

सुनसरी । हङकङमा बस्दै आएका धरानका एक दम्पतिले धरानको वडा नं १८ मा राहत सामग्री बाँडेका छन् । गुरुङ दम्पतिले देशमा लकडाउनको बेला समस्यामा परेकाहरुलाई राहत सामग्री प्रदान गरेका हुन् ।

हङकङमा कार्यरत विकास गुरुङ र उनकी श्रीमती राखी गुरुङले वीपी कोईराला स्वास्थ विज्ञान प्रतिष्ठान हाताभित्र रहेको भागवत प्रसाद श्रेष्ठ धर्मशालामा बस्दै मृगौलाका बिरामीको उपचार गर्दै आएका र धरानका टेम्पु तथा टेक्सी ड्राईभरहरु गरी ३५ जनालाई बिहिबार राहत प्रदान गरेका हुन् ।

धरान वडा नं १८ का वडाध्यक्षका प्रबिण राईका मिल्ने साथी भएको र उनै साथीले यस्तो अप्ठयारो स्थितिमा रहेकोहरुलाई खाना खुवाउने तथा राहत बाँड्ने थाहा पाएकोले वडाध्यक्ष प्रबिणलाई समन्वय गर्न लगाएर आफूहरु धरान आएकै बेला सहयाेग गर्ने मोका मिलेको गुरुङ दम्पतीले बताए ।

गुरुङ दम्पतीले १० केजी चामल, २ केजी आलु, १ लिटर खाने तेल, १ केजी दाल र एक पोका नुन प्रदान गरेका हुन् भने वडा कार्यालयले हरेक परिवारलाई २/२ प्रति सर्जिकल माक्स समेत सोही राहतमा थप गरी प्रदान गरेका थिए । राहत पाउनेहरु झापा, लेटाङ, उर्लाबारी, धनकुटा, सुनसरी र सप्तरीका समेत रहेका थिए ।

यसैगरी गुरुङ दम्पतिले बुद्ध ज्यन्तीको अवसर पारेर धरान १८ स्थित रहेको गुम्बालाई नगद १५ हजार समेत प्रदान गरेका छन् । गुम्बाका भिक्षुहरुलाई बिहानको खाजा समेत खुवाएका थिए ।

यसैगरी उनीहरुले विपी प्रतिष्ठानमा उपचार गराउन आएका बिरामीका ४ सय जना कुरुवाहरुलाई आज साँझ ५ बजेको एक छाक खाना समेत खुवाएका छन् ।

सोही कार्यक्रममा टयाक्सी चालक तथा यातायात मजदुरहरुको तर्फबाट राहत दिलाउन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय सदस्य लक्ष्मी बानिया धरान अध्यक्ष कमल भटटराई ,सदस्य रबिन अधिकारी लगायतले भुमिका खेलेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *