छतबाट खसेर मजदूरको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा छतबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।

शिवराज नगरपालिका –५ चन्द्रौटामा कार्यरत उमडिहवाका ३५ वर्षीय चिन्नु नाऊको छतबाट खसेर मृत्यु भएको हो ।

उनी यही वैशाख १९ गते निर्माणाधीन घरमा पानी राख्ने ड्रम भुइँबाट छतमाथि लैजाने क्रममा चिप्लिएर घाइते भएका थिए । चितवनमा उपचारका क्रममा आज मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *