ईन्सेकद्धारा खैरहनी नगरपालिकालाई सहयोग

ध्रुवराज खनाल/
चितवन । अनौपचारीक क्षेत्र सेवा केन्द्र ईन्सेक बाग्मती प्रदेशले आज चितवनको खैरहनी नगरपालिकालाई सहयोग हस्तान्तरण गरेको छ । ईन्सेक प्रदेश प्रमुख कृष्ण गौतम , बाग्मती प्रदेश कार्यक्रम संयोजक गणेश भण्डारीले खैरहनी नगरपालिकाका नगर प्रमुख लालमणी चौधरीलाई सहयोग हस्तान्तरण गरेका हुन् ।

ईन्सेकले २ थान थर्मल गन, पन्जा २ सय जोर , सर्जिकल माक्स २ सय थान र स्यानिटाईजर २ लिटर नगरपालिकालाई हस्तान्तरण गरेको हो । कार्यक्रममा नगर उप प्रमुख सुनिता खरेल थपलिया, नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत पुरुषोत्तम शर्मा, मानव अधिकार निगरानी समूह खैरहनीका संयोजक विष्णु प्रसाद बास्कोटाको उपस्थीती रहेको थियो । सहयोग हस्तान्तरण गर्दै ईन्सेक प्रदेश प्रमुख कृष्ण गौतमले आगामी दिनमा पनि सहयोगको लागी ईन्सेक तत्पर रहेको बताए । नगर प्रमुख चौधरीले ईन्सेकले गरेको सहयोग सह्रायिन भएको भन्दै नगरपालिका र ईन्सेक बिच समन्वयात्मक ढंगले काम गर्दै जाने प्रतिबद्धता जनाए ।

ईन्सेकको ईलपी परियोजना चितवनको खैरहनी र राप्ती नगरपालिकामा सञ्चालीत छ । २ नगरपालिका भित्र शिक्षा , स्वास्थ्य , खाद्य र आवासको विषयलाई लिएर ईन्सेकले बहस र पैरबी गर्दै आईरहेको छ । परियोजना अन्र्तगत रहेर नै नगरस्तरीय मानवअधिकार निगरानी समूह गठन गरीएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *