कोशी कोरोना केन्द्रका थप ८ जना कोरोना मुक्त, भोली डिस्चार्ज गर्ने तयारी

मोरङ । विराटनगर स्थित कोशी कोरोना बिशेष अस्पतालमा उपचाररत ८ जनाको स्वाब रिपोर्ट नेगेटिभ आएको छ ।
उदयपुरको भुल्के झापा लगायतका स्थानबाट ल्याइएका कोरोना संक्रमितको उपचारपछि थप आठ जना कोरोना मुक्त भएका हुन् ।
बुधबार कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा रहेका ६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएकोमा थप आठ जनाको सोमबारदेखि लगातार दुई पटक गरेको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकोले शुक्रबार डिस्चार्ज गर्ने तयारी गरिएको छ ।

कोशी कोरोना अस्पतालको आइसोलेसनमा रहेका ८ जना कोरोनामुक्त पुष्टि भइसकेको र उनीहरुलाई शुक्रबार डिस्चार्ज गर्ने तयारी गरिएको कोशी अस्पतालकि मेसु संगीता मिश्राले जनाइन् ।

कोशी कोरोना अस्पतालमा कोरोना संक्रमण देखिएका उदयपुरका २८, झापाका २ र भोजपुरका १ जना राखिएको थियो । उनीहरुमध्ये ६ जना डिस्चार्ज भइसकेको ८ जना भोली डिस्चार्ज भएपछि बाँकी १७ जना रहनेछन् । एक नम्बर प्रदेशमा ३१ जना कोरोना संक्रमित रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *