विराटनगरबाट थप ८ जना कोरोना संक्रमित डिस्चार्ज
मकालु खबर
२०७७ वैशाख २६ गते
विराटनगर । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमित आज डिस्चार्ज भएका छन् ।
डिस्चार्ज भएका सबैलाई ८ वैशाखमा कोरोना संक्रमण देखिएको थियो । उनीहरुलाई प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आज (शुक्रबार) बिदाइ गरेका हुन् ।
डिस्चार्ज भएकामध्ये ७ जना नेपाली र एक जना भारतीय नागरिक छन् । उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखिने छ ।
यसअघि पनि कोशी अस्पतालमा उपचारत ६ जना निकाे भएर एकैदिन घर फर्किएका थिए ।
मकालु खबर
२०७७ वैशाख २६ गते
प्रतिक्रिया
सम्बन्धित