सालीले उक्साइन्, भिनाजुले दिदीको हत्या गरे !

जनकपुरधाम । धनुषामा सालीसँग विवाह गर्नका लागि एक युवकले श्रीमतीको हत्या गर्ने युवक पक्राउ परेका छन् ।

धनुषाको मिथिला नगरपालिका ९ लालभट्टीका स्थानीय २८ वर्षीय हरि चौहानले साली गंगा लामासँग विवाह गर्न श्रीमतीको वीणाको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी कार्यालय ढल्केबरका इन्चार्ज प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए । उनका अनुसार युवकले आफूले हत्या गरेको स्वीकारेका छन् ।

वैशाख १८ गते वीणाको शव लालगढ सामुदायिक वनमा गाडिएको अवस्थामा भेटिएको थियो । बाबु पदमबहादुर मोक्तानले पक्राउ गर्न माग गर्दै जाहेरी दिएका थिए ।

पदमको जाहेरी बमोजिम भिनाजुलाई आफ्नै दिदीको हत्या गर्न उक्साएको आरोपमा साली गंगालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीणा पदमबहादुरकी माइली छोरी हुन् । ५ बर्षअघि हरि र वीणाको प्रेम विवाह भएको थियो । उनीहरुका एक छोरा र एक छोरी छन् । पछिल्लो समय भने गंगा र हरिबीच प्रेम सम्बन्ध बस्यो र गंगाले भनेबमोजिम हरिले वीणाको हत्या गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *