२५ चिनियाँ काठमाडौंबाट पक्राउ

काठमाडौं । काठमाडौंस्थित सिंहदरबारबाट २५ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ परेका सबैलाई नगर प्रहरीको कार्यालयमा राखिएको जानकारी दिइएको छ ।

स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिन गएका चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रर्दशनका क्रममा प्रहरी र चिनियाँबीच झडप हुँदा प्रहरीसहित ५ जना घाइते भएका थिए ।

झडप हुँदा महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत, एक जना महिला प्रहरी र चिनियाँ नागरिकतर्फ तीन जना घाइते भएका छन् हुन् । घाइतेको वीर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

विना कुनै जानकारी लकडाउनको निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको हो । झडपका क्रममा चिनियाँ नागरिकहरुले प्रहरीलाई ढुंगामुढा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *