मोरङ प्रहरीले गर्यो लकडाउनमा कडाइ, स्थानीय आक्रोशित

  • सुजता निङ्लेकु

विराटनगर । कोराना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनगर गर्दै सरकारले लकडाउनको घोषणा गरेको आज (शुक्रबार) ४६ औं दिन पुगेको छ ।

लकडाउनले मूलुक यो समय ठप्प छ । यद्यपी विराटनगरको बजार क्षेत्रमा भने चलहपहल बढ्न थालेको छ । मानिसको भिडभाड, चहलपहल बढेसँगै मोरङ प्रहरीले शुक्रबारबाट लकडाउनमा कडाई गरेको छ ।

आम सर्वसाधारणहरु भने प्रहरीले विना सुचना नै कडाई गरेको भन्दै आक्रोशित भएका छन् । सधैँ बिहान ८ बजेदेखि १२ बजेसम्म र दिँउसो २ देखि ४ सम्म अति आवश्यक कामका लागि खुल्ला गरिएको भएपनि पछिल्लो समय मानिसको अत्याधिक भीड बढको थियो ।

भीड बढेपछि जोखिम बढ्ने हुँदा बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म लकडाउनलाई कडाई गरिएको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक डिएसपी वेदप्रसाद गौतमले बताए ।

डिएसपी गौतमको अनुसार जनताबाट नै लकडाउनको समयमा पनि भिडभाड बढेको भन्ने जनगुनासो आएर नै भिडभाडलाई निरुत्साहित गर्नका लागि लकडाउनलाई कडाई गरिएको हो ।

उनले भने, ‘अधिकांश मानिसहरु एउटा औषधीको खोल बोकेर, बैँकको चेक बोकेर हिँड्ने प्रवृति बढेसँगै ती खालका गतिविधिलाई न्यूनिकरण गर्न हामीले आजबाट लकडाउनमा कडाई गरेका हौँ । जनस्तरबाटै राम्रा र नराम्रा दुई खालका प्रतिक्रियाहरु आइरहेका छन् ।’

प्रदेशको राजधानी भएकै कारण पनि बैँक, वित्तिय संस्था साथै अस्पतालहरु धेरै भएकाले पनि मानिसको भिडभाड धेरै देखिएको गौतमले बताए । लकडाउनको ४६ औं दिन आइपुग्दा पनि आमनागरिकलाई आफु सुरक्षित भएर बसौँ भनिरहनु पर्ने अवस्था आएकाे भन्दै उनले गुनासाे गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *