‘लिपुलेकमा भारतले सडक बनाउने भयो, हाम्रो सरकार कहाँ छ ?’

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले नेपाली भूमिमा भारतले निर्माण गरेको सडकबारे सरकार बेखबर रहनु आश्चर्यजनक र सन्देहपूर्ण रहेको बताएका छन्।

लिपुलेक नेपालको हो भन्ने विषयमा कुनै विवाद नरहेको उल्लेख गर्दै राणाले नेपाली भूमीमा भारतले एकतर्फी सडक निर्माण गर्दा सरकार भूमिकाविहीन देखिनुले प्रश्न उब्जिएको बताए। समाजिक सञ्चाल ट्विटरमार्फत उनले सरकारले कुटनीतिक तहमा पहल गरेर नेपाली भूभाग सुरक्षित राख्नु पर्नेमा जोड दिए।

ट्विटरमा राणाले भनेका छन्, ‘लिपुलेक नेपालको हो, यसमा कुनै विवाद छैन । नेपाली भूभाग भएर भारतले सडक निर्माण गरेको जानकारी आएको छ। नेपाल सरकार यसबारे बेखबर रहनु आश्चर्यजनक छ, सन्देहपूर्ण छ। यसबाट सरकार छ ? कहाँ छ ? भन्ने प्रश्न पुनः उब्जिएको छ। तत्काल कुटनीतिक पहल गरेर सरकारले नेपाली भूमी सुरक्षित गर्नु पर्दछ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *