कोरोनाको उपचार गर्न बनाएको औषधी परीक्षण गर्दा चेन्नईका डाक्टरको मृत्यु !
काठमाडाैं । भारतको चेन्नईमा एक डाक्टर कोरोना भाइरसको उपचारका लागि बनाइएको औषधी परीक्षण गर्ने क्रममा मृत्यु भएकाे छ । आफूले बनाएको औषधी आफैँमाथि परीक्षण गर्ने क्रममा उनको निधन भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
भारतीय मिडिया आजतकका अनुसार यो घटना चेन्नईको हो । यहाँ पेरुंगुडीमा बस्ने शिवनेसन, एक आयुर्वेदिक उत्पादन कम्पनीका साथै फार्मासिस्ट र प्रोडक्सन म्यानेजरको रुपमा काम गरिरहेका थिए । उक्त कम्पनी खोकीको औषधीका लागि चर्चित थियो ।
स्रोतका अनुसार कोरोनाभाइरससँग जुध्न शिवनेसन र उनका बोस राजकुमार एउटा औषधीको खोजी गरिरहेका थिए । उनले कोरोनाका लागि जुन औषधी बनाए, त्यसलाई आफूमाथि नै परीक्षण गर्न थाले । राजकुमारले त्यो औषधीको केही थोपा मात्रै पिए भने शिवसेननले धेरै नै पिएका थिए ।
औषधी सेवन गर्नेबित्तिकै यी दुई बेहोस भए । उनीहरुलाई नजिकैको अस्पताल पुर्याइयो । शिवनेसनको अस्पतालमा मृत्यु भयो जबकी राजकुमारको स्थिती स्थिर बताइएको छ र उनको उपचार चलिरहेको छ । यसबारे पुलिसले अनुसन्धान थालेको छ । एजेन्सी