युवा व्यवसायी दिलशाद आलमले बाँडे १२५ मजदुर परिवारलाई राहत

  • सुजता निङ्लेकु

विराटनगर । दैनिक ज्याला मजदुरी गर्ने अति विपन्न एक सय २५ परिवारलाई युवा व्यवसायी दिलशाद आलमले राहत वितरण गरेका छन् । कारोना भाइरस संक्रमण न्यूनिकरणका लागि सरकारले लकडाउनको घोषणा गरेसँगै दैनिक ज्याला मजदुरी गर्ने आम मानिसको दैनिकी कष्टकर बन्दै गएकाे अवस्थालाई मध्येनजर गर्दै आइतबार आलमले व्यक्तिगत तर्फबाट राहत वितरण गरेका हुन् ।

प्रत्येक परिवारलाई चालम, दाल, तेल, आलु र साथमा तीन सय रुपैयाँ राहत वितरण गरेकाे उनले जानकारी दिए । चामल, तेल, आलु दिएर मात्रै अपुग हुने भएका कारण मसला किन्नका लागि पैसा समेत दिएको व्यवसायी आलमको भनाइ छ ।

यसअघि चैत्र ११ गते सरकारले लकडाउनको घोषणा गरेसँगै आलमले लकडाउन अवधिभर राहत वितरण गर्ने घोषण गरेका थिए । लकडाउनका कारण कोही पनि मानिस भोकै रहन नपरोस् भन्ने उद्देश्यले राहत वितरण गरेको आलमले बताए । उनका अनुसार हालसम्म उनले १२ सय विपन्न परिवारलाई राहत वितरण गरिसकेका छन् ।

मुस्लिम समुदायको रमाजम पर्वमा मस्जिद, मदरसामा लाखाैँ पैसा दान दिने गरेको भएपनि कोरोना भाइरसका कारण सम्पूर्ण मस्जिद बन्द रहेकाले विपन्न वर्गलाई राहत वितरण गरेको उनले बताए । उनले भने, ‘मैले मस्जिदमा दान गर्नु र गरिबको भोको पेट भर्नु उस्तै जस्तो आभास गरेको छु । गरीबको चुलो बाल्न सहयाेग गरेर अल्हालाई खुशी पारे झैँ महसुस भएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *