दिव्यरोशनीको वार्षिकोत्सवमा विपन्न परीवारलाई सहयोग तथा फुड बैंकमा राहत हस्तान्तरण

काठमाडौं । श्रमजिवी पत्रकार महिलाद्धारा प्रकाशित दिव्य रोशनी साप्ताहिकले लकडाउनको बेला उदाहरणीय कार्य गरेको छ । पत्रिकाको १५ औं वार्षिकोत्सवको अवसरमा स्थानीय चार विपन्न परीवारलाई राहत दिइयो भने धरानको फुड बैंकमा समेत राहत प्रदान जम्मा गरिएको छ । दिब्यरोशनी साप्ताहिक पत्रिका आजबाट अनलाइन संस्करणमा पनि शुरु भएको छ ।

पत्रिकाकी सम्पादक तथा प्रकाशक मनिता चाम्लिङ राई र प्रवन्ध निर्देशक सागर सिञ्जालीले पत्रिकामा सहयोगीको भुमिका निभाउने विपन्न परिवारका ४ जना सदस्यहरुलाई २५/२५ किलोको चामल, दाल एक केजी, नुन एक प्याकेट, तेल एक लिटर तथा न्युटेला सहयोग गरेका छन् ।

तस्विरः भरतराज शर्मा (गाेपाल)

वार्षिकोत्सवको अवसरमा पत्रिकाले धरान उपमहानगरपालिकाले स्थापना गरेको फुड बैंकमा ४ सय किलो चामल तथा २ बोटा न्युटेला समेत हस्तान्तरण गरेको छ ।

पत्रिकाकी सम्पादक प्रकाशक मनिता चाम्लिङले राष्ट्र नै समस्यामा परेको बेला पत्रिकाको बार्षिकोत्सव मनाउन उचित नहुने देखेर बरु राहत वितरणमा ध्यान दिएको बताइन् । पत्रिकाले विगतका वर्षहरुमा २ वटा विधामा ३ जना पत्रकारलाई नगद ५ हजार सहित सम्मान पत्र र २ जना उद्यमी तथा समाजसेवीलाई सम्मानपत्रले सम्मानीत गर्दै आएको थियो ।

वर्तमान समयमा ठुला मिडिया हाउस चलाउनलाई कठिन परिरहेको समयमा दिब्यरोशनी साप्ताहिक भने नियमित प्रकाशन भइरहेको छ ।

तस्विरः भरतराज शर्मा (गाेपाल)

दिव्यरोशनी साप्ताहिकले अघिल्लो वर्ष २ वटा विधामा नगद ५ हजार सहित पत्रकारीता पुरस्कार प्रदान गरेको थियो भने, पत्रिकाकी सम्पादक मनिता चाम्लिङले स्वर्गिय पिता क्वीन गोर्खा इन्जीनियर प्रभुराम राईको स्मृतिमा स्थापित गरेकाे ५ हजार राशी भएको उत्कृष्ट सामाजिक सम्मान पुरस्कार पनि प्रदान गरिएकाे थियो । यसका साथै स्वर्गिय कान्छा दाजु बाजुन राईको स्मृतिमा ५ हजार राशी भएको सृजनशील युवा पत्रकारिता पुरस्कार पनि प्रदान गरिएकाे थियो ।

उक्त सम्मान तथा पुरस्कारहरु यस वर्ष प्रदान गर्न नसकिएपनि आगामी वर्षहरुमा निरन्तरता दिने बताइएको छ ।
सहयोग तथा राहत हस्तान्तरण कार्यक्रममा धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *