विराट मेडिकल कलेजकाे समन्वयमा संरक्षण तथा विकास नेपालद्वारा स्वास्थ्य सामाग्री सहयाेग

  • सुजता निङ्लेकु

विराटनगर । विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालको समन्वयमा संरक्षण तथा विकास नेपालले बुढीगंगा गाँउपालिकालाई स्वास्थ्य सामाग्री सहयाेग गरेकाे छ ।

गाउँपालिकामा रहेको हेल्थ पोष्ट, हेल्थ सेन्टरका लागि थर्मल गन २ थान, एन ९५ मास्क ५० थान, ४ सय ५० एमएलको सेनिटाइजर २५ बोतल र सर्जिकल मास्क १ हजार थान वितरण गरिएको संरक्षण तथा विकासकी कोडिनेटर सविना शर्मा कट्टेलले जानकारी दिइन् ।

बुढीगंगा गाँउपालिकाका अध्यक्ष बालचन्द्र माझीलाई आइतबार उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको उनले बताइन् । उनले भनिन्, ‘विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालसँग समन्वय गरेका छौँ । अस्पतालको तर्फबाट सर्जिकल मास्क उपलब्ध गराएका छौँ ।’

ललितपुरको गोदावरीमा प्रमुख कार्यालय रहेको उक्त संस्थाले नेपालका विभिन्न जिल्लामा रहेर काम गर्दै आइरहेको छ । हाल सप्तरी, बाँक, काभ्रे, मोरङ लगायतका स्थानहरुमा रहेर काम गर्दै आइरहेको सविना शर्मा कट्टेलले जनकारी दिइन् ।

उनका अनुसार संस्थाले पोषण सम्बन्धी, स्वच्छ मातृत्व तथा सरसफाई सम्बन्धि काम गर्दै आइरहेको छ । हाल यो संस्थाले मोरङको बुढिगँगा गाँउपालिकामा रहेर पनि काम गर्दै आइरहेको उनले बताइन् । मोरङमा रहेका उपचार गर्न नसक्ने तथा  आर्थिक अवस्था कमजोर भएका असहाय  बिरामीहरु भेटिएमा विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा लगि निःशुल्क उपचार र औषधी प्रदान गर्ने काम पनि संस्थाले गर्दै आइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *