मोदीको पुत्ला जलाउँदै थिए, प्रहरीले समात्यो
मकालु खबर
२०७७ वैशाख २९ गते
काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गर्दै लिपुलेक हुँदै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खोलेपछि नेपालमा विरोध भइरहेको छ ।
दिनहुँजसो विरोध भइरहँदा प्रहरीले नियन्त्रणमा लिने काम पनि जारी राखेको छ । आज पनि सोही विषयलाई उठाउँदै आन्दोलनमा उत्रिएका विद्यार्थीहरु पक्राउ परेका छन् ।
कुनै पनि विद्यार्थी संगठनको ब्यानरविना आज (सोमबार) आन्दोलनमा उत्रिएका उनीहरुले बबरमहलमा भेला भइ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरी नियन्त्रणमा लिएको हो ।
मकालु खबर
२०७७ वैशाख २९ गते
प्रतिक्रिया
सम्बन्धित