कोरोना रोकथाम तथा उपचारमा नर्सहरुको भूमिका महत्वपूर्णः देउवा

काठमाडौं। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विश्व नर्स दिवसको अवसरमा नर्सिङ पेशामा क्रियाशील सबैलाई पार्टी र आफ्नो व्यक्तिगततर्फबाट शुभकामना व्यक्त गरेका छन्।

उनले मंगलबार एक विज्ञप्तिमार्फत मुलुक अहिले विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको कारणबाट उत्पन्न कठिन र संवेदनशील घडीमा स्वास्थ्य क्षेत्रमा क्रियाशील नर्सहरुको भूमिका अत्यन्त उच्च रहेको उल्लेख गरे। उनले आफ्नो घरपरिवारलाई एकातिर छाडेर अत्यावश्यक स्वास्थ्य सामग्रीहरुको अभावका बीच पनि उच्च मानवीय भावनाका साथ सीमित स्रोत र साधनको उच्चतम सदुपयोग गर्दै स्वाथ्योपचारको क्षेत्रमा क्रियाशील सम्पूर्ण नर्सहरुमा उच्च सम्मान गरेका छन्।

कोरोना महामारीको यो अप्ठ्यारो समयमा निरन्तर सङ्क्रमितको उपचार र हेरचाहमा अहोरात्र खटिनुभएका नर्सहरुलाई पर्याप्त स्वास्थ्य सामग्री उपलब्ध गराउन र उनीहरुको मनोवल उच्च राख्न काँग्रेसले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आइरहेको सभापति देउवाले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *