सर्लाहीका एक संक्रमितको मानसिक असन्तुलन, ट्रेसिङमा समस्या

काठमाडौं । सर्लाहीमा एक ४५ वर्षीय मानसिक असन्तुलन भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाखा काठमाडौंमा गरिएको परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार जनकपुरमा गरिएको परीक्षणमा नेगेटिभ देखिएपछि उनलाई छाडिएको थियो । तर टेकुमा पठाईएको स्वाब परीक्षण भने पोजेटिभ आएको हो । संक्रमित पुरुषका परिवारले १० वर्षदेखि उनको अवस्था ठिक नभएको बताएका छन् ।

संक्रमित पुरुषका परिवारमा श्रीमती र चारजना छोराछोरी छन् । उनीहरू हरिपुर गाउँपालिका-३ का वासिन्दा हुन् । संक्रमित पुरुषका श्रीमतीसहित परिवार अलग्गै घरमा बस्ने गरेको पाइएको छ । संक्रमित पुरुषका परिवारका सदस्यको परीक्षण गर्ने तयारी गरिएको छ ।

उनी धेरै ठाउँ गएकाले ट्रेसिङ्मा समस्या ल्याउने भएको छ । ‘मानसिक रोगको बिरामी भएकाले निकै समस्या पर्यो’, प्रजिअ जिसीले । मानसिक रोगका बिरामी उनी विभिन्न ठाउँमा डुल्दै हिँड्ने गरेकाले कोरोना भाईरस संक्रमणको जोखिम बढेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *