सरकार आफ्ना नागरिकप्रति जिम्मेवार नबन्दा कोरोना संक्रमण फैलियोः काँग्रेस

काठमाडौं। नेपाली काँग्रेसले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सरकार चुकेको बताएको छ। राज्यको गैर जिम्मेवारीका कारण नेपालमा कोरोना सङ्क्रमण फैलिएको काँग्रेसको ठहर छ। बुधवार पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले नागरिकको जीवन रक्षाका लागि सरकार संवेदनशील भएकोभए पछिल्लो समय जुनरुपमा कोरोना फैलिएको त्यो अवस्था नआउनले टिप्पणी गरे।

उनले सीमाबाट नेपाल प्रवेश नपाएका नागरिक लुकीछिपी आएका कारण कोरोना सङ्क्रमण फैलिएको बताए। लकडाउनपछि सरकारले सीमामा पुगेका नागरिकहरूलाई रोकेर राखेको परिणाम नेपालले पछिल्लो पाँच दिनमा भोग्नु परेको प्रवक्ता शर्माको भनाइ छ।

उनले भनेका छन्, ‘राज्यले लकडाउनपछि सीमामा पुगेका नागरिकलाई त्यही रोकेर राख्यो। अर्को तर्फ नागरिकहरू लुकीछिपी नेपाल प्रवेश गर्न थाले। यदि सरकारले सीमा नाका कडाइ गरेर सीमा क्षेत्रमा पुगेका नागरिकलाई व्यवस्थित रूपमा नेपाल प्रवेश गराएर क्वारेन्टाइन राखेको भए, परीक्षणपछि उनीहरूलाई घर जान दिने व्यवस्था गरेको भए सङ्क्रमण फैलिने थिएन।’

उनले जनताको जीवन रक्षाको लागि खटिनु पर्ने समयमा सरकार सत्ताको खेलामा लाग्नु विडम्बना भएको बताए। नागरिकको जीवन रक्षाभन्दा सत्ताको विषय प्राथमिकतामा राखेर वर्तमान सरकारले शासन सञ्चालनको नैतिकता गुमाएको उनले दोहोर्‍याए।

भारतले नेपाली भूमिमा सडक निर्माण गर्दासमेत सरकारले कूटनीतिक पहलमा तदारुकता नदेखाएको आरोप लगाए। सरकारले राष्ट्रियतालाई वक्तव्यमा मात्र सीमित राखेको प्रवक्ता शर्माको भनाइ छ। ‘सरकारले वक्तव्यमा मात्र आफ्नो राष्ट्रवादलाई देखाएको छ। प्रतिक्रिया मात्र जनाउने हो भने सञ्चार माध्यम छ। प्रतिपक्षी दल छँदै छ,’ उनले भने, ‘तर पक्रियागत रूपमा समाधान गर्ने विषयमा सरकारको सक्रियता देखिँदैन।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *