दिपकको नेतृत्वमा २२ वटा पुनस्र्थापना केन्द्रलाई राहत उपलब्ध

विराटनगर । रिकविरिङ नेपालको नेतृत्वमा प्रदेश १ मा रहेहो २२ वटा पुनस्र्थापना केन्द्रलाई राहत सामग्री उपलब्ध गराइएको छ । रिकभरि नेपालका केन्द्रिय उपाध्यक्ष दिपक चापागाईंको नेतृत्वमा प्रदेश नम्बर १ मा रहेका केन्द्रहरूलाई ३५ सय केजी चामल, ६ सय केजी दाल, ६ सय केजी हरियो मटर, ३ सय केजी नुन र साबुन उपलब्ध गराइएको हो ।

उक्त सामाग्रीले जारी लकडाउनका समय पुनस्र्थापना केन्द्रहरुलाई केही हदसम्म राहात मिल्ने कार्यक्रम संयाेजक चापागाईंले बताए ।

प्रदेश नम्बर १ को मोरङ, झापा र सुनसरीमा २२ वटा लागुऔषध पुनस्र्थापना केन्द्र रहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *