डब्ल्यूएचओको मापदण्ड विपरीत भारतले नेपालीलाई सीमामा अलपत्र छाड्योः शंकर पोखरेल

काठमाडौं। भारतले नेपाली नागरिकलाई सीमामा अलपत्र छाडेकोप्रति प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आपत्ति जनाएका छन्। कोरोना परीक्षण नगराइकन भारतले नेपाली नागरिकलाई सीमामा अलपत्र छोडेकोप्रति पोखरेलले आपत्ति जनाएका हुन्। उनले भारतको उक्त शैली डब्ल्यूएचओको मापदण्ड विपरीत भएको पनि बताए।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘विना परीक्षण नेपालीलाई सीमामा अलपत्र छोड्ने भारतीय शैली डब्लुएचओको मापदण्ड विपरीत छ। सङ्क्रमितलाई असुरक्षित यात्रा गराउन मिल्दैन।’ कोरोना सङ्क्रमणको जोखिमका कारण हाल नेपालले अन्तर्राष्ट्रिय सिमाना बन्द गरेको छ। यस्तो अवस्थामा भारतले हाल नेपाली मजदुरहरूलाई घर पठाउने नाममा विभिन्न सहरहरूबाट ल्याएर सीमामा अलपत्र छोडिरहेको छ।

धेरै नेपाली नागरिकलाई सीमा क्षेत्रमा ल्याएर छाडिएको छ। यता भारतीय नागरिकलाई भने नेपालले सुरक्षित रूपमा कोरोना परीक्षण र उपचार गराउँदै आएको छ। सीमामा अलपत्र छोडिएका नेपाली नागरिक लुकीछिपी नेपाल प्रवेश गर्न थालेका छन्। पछिल्लो समय यसरी लुकिछिपी नेपाल आएका धेरैजसो व्यक्तिहरूमा कोरोना सङ्क्रमण देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *