टिचिङ अस्पताल भर्ना भएकी ६ वर्षीया बालिकामा कोरोना

काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा उपचाररत एक ६ वर्षीया बालिकामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

ती बालिका कपिलवस्तुकी हुन् । टिचिङ अस्पतालको न्यूरो वार्डमा उपचाररत उनलाई ६ दिनअघि उपचारका लागि काठमाडौं ल्याइएको थियो । नाक कान घाँटी विभागमा चेकजाँचपछि शल्यक्रियाका लागि भर्ना गरिएको थियो ।

उनीमा कोरोना पुष्टि भएपछि टिचिङ अस्पतालको न्यूरो वार्ड सिल गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *