पूर्वी नवलपरासीमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या २४६ पुग्याे
मकालु खबर
२०७७ जेठ १ गते
- ध्रुवराज खनाल
चितवन । नेपालमा थप एक जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । पूर्वी नवलपरासीका एक व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको हाे । चितवनको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ४९ वर्षीय पुरुषमा संक्रमण देखिएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट श्रीराम तिवारीले जानकारी दिए ।
नवलपरासीकाे देवचुली नगरपालिका-१२ का ती व्यक्ति भारतकाे कलकत्ताबाट रक्साैल हुँदै रातिकाे समय नेपाल आएका थिए । वैशाख ३१ गते परीक्षण गर्दा ती पुरूषमा काेराेना पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । उनको भरतपुरस्थित कोरोना अस्थायी अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।
याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २४६ पुगेकाे छ ।
मकालु खबर
२०७७ जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित