‘काेराेना कहिल्यै समाप्त नहुन पनि सक्छ, त्रासले बच्चामा समेत देखिन सक्छ मानसिक कमजाेरी !’

काठमाडौं । विश्व स्वास्थ्य संगठनले चेतावनी दिँदै कोरोना भाइरस कहिल्यै खतम नहुन पनि सक्छ भनेको छ ।

बुधबार ग्लोबल स्वास्थ्य निकायले कोरोना भाइरस कहिले सकिन्छ, यसबारे अनुमान गर्न मुश्किल हुने बताएकाे छ ।

डब्ल्यूएचओका आपतकालीन मामिलाका निर्देशक माइक रयानले जेनेभामा भर्चुअल प्रेस कन्फ्रेन्सको क्रममा बोल्दै यस्तो चेतावनी दिएको हुन् । खोप पत्ता लागे पनि नियन्त्रणमा निकै ठूलो प्रयास आवश्यक हुने उनको भनाइ छ ।

‘कोरोनालाई लिएर हामी स्पष्ट र तयार रहनु आवश्यक छ । यो सम्भव छ कि कोरोना हामीबीच क्षेत्र विशेषको एक भाइरस बन्न सक्छ र यो कहिल्यै जाँदैन’, उनले भनेका छन्, ‘मलाई लाग्छ कि यो कहिले समाप्त हुन्छ भनेर कुनै दाबी गर्न सकिँदैन । यसको कुनै तारिख छैन । यो बिमारी हाम्रो लागि लामो समयसम्मको संकट बन्न सक्छ ।’

यसका साथै विशेषज्ञहरुले कोरोना महामारीले विश्वव्यापी रुपमा मानसिक स्वास्थ्यको पनि संकट पैदा हुन सक्ने बताएका छन् । मानसिक स्वास्थ्य विभागका निर्देशक डेवोरा केस्टलका अनुसार, ‘एक्लोपन, डर, अनिश्चितता, आर्थिक उथल–पुथल यो सबै मनोवैज्ञानिक समस्याको कारण बन्न सक्छ । यो अपेक्षा गर्न सकिन्छ कि आउने समयमा बच्चा, युवा र स्वास्थ्यकर्मीमा समेत मानसिक कमजोरी देखिन सक्छ ।’

उनी थप्छिन्– ‘पुरै दुनियाँको मानसिक स्वास्थ्य र जीवन यस महामारीबाट प्रभावित भएको छ र यसलाई प्राथमिकताका साथ हेर्न जरुरी छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *