संक्रमण बढिरहेको छ, लकडाउन थपिँदै छ, यस्तो अवस्थामा के गर्ने ? यस्तो छ, विज्ञहरुको सुझाव !

शनिबार आयोजना भएको डिजिटल संवाद नामक एक अनलाइन छलफल कार्यक्रममा विभिन्न डाक्टर, सरोकारवाला व्यत्तिहरुले सरकारलाई विभिन्न सुझावहरु दिएका छन् । यसैगरी हामी सबै कसरी सचेत र सुरक्षित रहने भन्नेबारेमा विज्ञहरुको सुझाव र प्रतिकृया यस्तो छ ।

सबैको आ–आफ्नो जिम्मेवारी पालना गरौं : डा. रमेश महर्जन, इमर्जेन्सी विभाग, त्रिवि शिक्षण अस्पताल
नेपालमा एकजनामा देखिएको संक्रमण फैलन समय लाग्यो । नेपालगञ्जमा एकजनाबाट २२ जनामा फैलिएको उदाहरण नै छ । अब बढ्दै बढ्दै जादा अहिलेको अवस्थामा आइसकेको छ । यसकारण हामिले नाका बन्द गर्नुृपर्ने र आवतजावतलाई पुर्णरुपमा नियन्त्रण गर्नुपर्ने अवस्था हो । यसर्थ हामिले संक्रमितलाई पहिल्याएर टेस्टको दायरा बढाउनुपर्दछ । अहिले लकडाउन खोलिहाल्ने अवस्था भएको छैन, यसलाई विभिन्न पक्षबाट मुल्यांकन गर्दै खुकुलो बनाउनेतर्फ सोच्नुपर्दछ ।

हामिले नियन्त्रणको लागि विभिन्न कोभिड सर्भिलेन्स एपहरुको पनि प्रयोग गर्नसक्छौ । प्रविधिको सहि प्रयोग आवश्यक र महत्वपुर्ण छ । कोरोना नियन्त्रणमा हरेक नागरिकको जिम्मेवारीपुर्ण भुमिका त्यतिकै आवश्यक छ । आ आफ्नो ठाँउबाट हामिले योगदान गर्नुपर्दछ । व्यत्ति व्यत्तीबाट समुदाय सुरक्षित हुनसक्छ । हाम्रो समाजहरु सुरक्षित, सचेत र जिम्मेवारी भए राष्ट्र सुरक्षित हुन्छ । सबैले सचेत भएर भुमिका निर्वाह गरौ ।

सबै मिलेर कोरोनालाई लकडाउन गरौं : डा. उदय कोइराला, सिनियर कन्सलटेन्ट सर्जन, मोडल अस्पताल

अहिले सबैले लर्निङ गर्दै जाने अवस्था हो । हामिले लकडाउन कहिले खुल्छ भन्नेतर्फ बढि ध्यान दिएका छौ । तर हामिले अहिले भाइरसलाई लकडाउन गर्न सक्नुपर्दछ । भाइरस लकडाउन गर्न सक्यौ भने देश पनि लकडाउन गर्नुपर्दैन, इकोनोमी पनि लकडाउन हुदैन । अब भाइरसलाई कसरी लकडाउन गर्ने भन्नेतर्फ हामिले सोच्नुपर्दछ । यसको लागि फिजिकल डिस्टान्स कायम राख्ने, परिक्षण गर्ने र आवश्यक सुरक्षामा ध्यान दिनु नै हो ।

हामिले यसबारे सचेत भएर हामिले आफुलाई बचाउदै, अरुलाई पनि बचाउनुपर्ने अहिलेको सामाजिक दायित्व हो । यसको भ्याकसिन बजारमा उपलब्ध नभएसम्म यो अवस्था कहिलेसम्म जानसक्छ भन्न सकिने अवस्था छैन । जेष्ठ नागरिक र विरामीहरुको लागि हामिले थप सुरक्षा अपनाउनुपर्दछ । भारइस छिर्न नदिने र यसलाई नै लकडाउन नै गर्नुपर्ने सचेत हुनुपर्दछ । हामिले अब आफ्नो जिवनशैली परिवर्तन गर्नुपर्दछ । कम्युनिकेशन एकदमै महहत्वपुर्ण छ अहिले । सरकारको महत्वपुर्ण जिम्मेवारी छदैछ, परिक्षण, उपचार र नियन्त्रणमा योजनावद्ध काम गर्नुपर्दछ ।

लाखौ संख्यामा ट्रेसिङ र परिक्षण गरौं  : डा. अनुप सुवेदी, सरुवा रोग विशेषज्ञ
अहिले परिक्षण सिमित क्षेत्र र व्यत्तिमा मात्र भइरहेको छ । यसले कोरोना नियन्त्रण गर्न सकिदैन । परिक्षण व्यापक रुपमा अघि बढाउनुपर्दछ । विदेशबाट नेपाल आएका व्यत्तिहरुको ट्रेसिङ गर्दै सबै क्षेत्रमा यसको दायरा बढाउन आवश्यक छ । विशेषगरी भारतबाट नेपाल आएका हजारौ व्यत्ति र सम्पर्कमा रहेकाहरुको केहि दिनमा परिक्षण गर्नसकेमात्र नियन्त्रण सजिलो हुन्छ । यतिकै छोड्यौ भने विस्तारै नेपालको जनसंख्याको तीन चौथाई प्रभावित हुनसक्छन ।

निश्चित क्षेत्रहरुमा कोरोना समुदायमा फैलिसकेको अवस्था छ । मुख्यरुपमा हामिसँग आंकडा नै छैन र यसकारण लकडाउन खोल्ने कि नखोल्ने भन्न सकिने स्थिती नै हुँदैन । राष्ट्रव्यापी रुपमा आह्वान गरेर सरकारले परिक्षणको लागि बोलाउनु पर्यो र यसको लागि फेसिलेट गरिदिनुपर्छ । हामिसाग कन्ट्राक्ट ट्रेसिङ ढिलो र अव्यवस्थित भइरहेको छ । यसकारण एकजनाबाट धेरैमा सरिसकेको हुन्छ । संक्रमित बढेको थाहा पाउने संयन्त्र र सिस्टम बनाउनुपर्दछ । कन्ट्राक्ट ट्रेसिङ गर्ने व्यत्तिहरु थोरैमात्र परिचालित छन । यसलाई तत्काल बढाएर काम सुरु गर्नुपर्दछ । लाखौंलाई क्वारेन्टिइन र आइसोलेसनमा राख्न सक्ने गरी तयार हुनुपर्दछ जस्तो लाग्छ । देशभित्र आउनेहरुको डिजिटल डाइरेक्टरी र एपहरुको पनि व्यापक प्रयोग गर्नुपर्दछ । हामि स्लो भइरहेका छौ । अब ढिला नगरौं ।

संक्रमित क्षेत्रलाई सिल गरेर टेस्टको दायरा बढाऔं : प्रा. डा. सुनिल कुमार जोशी, प्रमुख, कम्युनिटी मेडिसिन, केएमसी

कोरोना अहिलेपनि धेरै वैज्ञानिकहरुले नै बुझ्न सकेका छैनन । यसमा अनुसन्धान र खोपको परिक्षणममै छ । यसको प्रकार र फैलावटबारे अझै प्रस्ट हुन सकिरहेको छैन । नेपालको परिप्रेक्षमा हेर्दा कोरोना नियन्त्रणमा लागिरहेको उच्च स्तरिय समितीले पनि अझ प्रभावकारी काम गर्न नसकेको जस्तो लाग्छ । अब नेपालमा फैलावट बढ्ने निश्चित देखिएको छ ।

अब लकडाउन खोल्यो भने यसको संक्रमण अझ व्यापक बढ्छ । स्वास्थ संस्थाको थप तयारी र स्वास्थकर्मीलाई मनोवल बढाउदै देशैभरी इमर्जेन्सी सेवामा काम गर्नुपर्दछ । आइसोलेसनमा बसेकाको पनि टेस्ट नभएको समाचारहर आइरहेको छ । यसर्थ अब हेलचेक्राइ नगरौ । स्वाइब टेस्टलाई सबैतिर बढाउ । आवश्यक स्वास्थ सामग्री तयार गरी सबै प्रदेश र स्थानिय निकायलाई पनि सबल बनाउदै परिचारित गरौं । तराई क्षेत्रलाई सिल गरेर टेस्टको दायरा बढाउन आग्रह गर्दछु ।

डिजिटल डेटा म्यानेजमेन्टमा ध्यान दिऔं : डा. सुवास प्याकुरेल, सिइयो, हेल्थ कन्सर्न

हामीसँग विभिन्न आंकडाहरु आइरहेको छ । स्थानिय निकायले अहिलेको लागि प्रभावकारी काम गर्नसक्छ । आफ्नो क्षेत्रका बासिन्दा र नयाँ आएका व्यत्तिहरुको सम्पर्क गर्न स्थानिय निकायलाई परिचालन गर्नुपर्दछ । डेटा, डिजिटल म्यानेजमेन्ट र लोकलाइज्ड म्यानेजमेन्ट अफ पेन्डेमिकको बारेमा ध्यान दिएर काम गर्यौ भने समस्या बढ्न पाउदैन । स्थानिय निकायले सर्भिलेन्सको सिस्टम प्रयोग गरि ट्रेसिङ गर्दै डाक्टरहरुको कन्सलटेसनमा काम गर्यौ भने यसलाई नियन्त्रणमा ल्याउन सक्छौ ।
जसरी अहिले धेरै नगरपालिकाले सर्भिलेन्स तथा क्वारेन्टाइन सिस्टमहरु प्रयोग गर्न थालेका छन, यसलाई प्रभावकारी प्रयोग गरी टेस्टिङ, आइसोलेसन र क्वारेटिइनको व्यवस्था गर्नसक्यौ भने हामि नियन्त्रणतर्फ अघि बढ्न सक्छौ । लकडाउन एकदिन त खोल्नैपर्छ, यसको लागि प्रविधिको सहि प्रयोग गरी तयारी गरौ । यहि अवस्थामा स्वास्थ क्षेत्रलाई व्यवस्थित र विस्तार गरौ ।

डिजिटल हेल्थ र टेलिमेडिसिनलाई प्रवद्धन गरौं : डा. अनिल झा, एमडी, एपआरसिपी नेपाल
हामि अहिल अदृश्य शत्रुसँग लडाई गरिरहेका छौ । यसकारण पनि हामि त्रसित भएका छौ । विभिन्न निकाय र क्षेत्रबाट काम भइरहेको छ । हामिले आफ्नो क्षेत्रबाट सहयोग । यो महामारीले हामिले डिजिटल हेल्थ र टेलिमेडिसिनको महत्व दर्शाएको छ । हामिले अहिले घरबाट नै धेरै किसिमका मेडिकल सेवाहरु पनि दिनसक्छौ । प्रविधि मार्फत दुरदराजम्म सेवा दिन पनि प्रविधिको प्रयोगमा जोड दिनुपर्छ । लकडाउन खुलेपनि अनलाइन सर्भिस तथा कन्सल्टिङ सेवाहरुलाई अझ प्रभावकारी ढंगले अघि बढाउन सकिन्छ । सचेतना बढाउदै अनलाइन सर्भिस तथा डिजिटल हेल्थलाई प्रवद्धन गर्नसके धेरैलाई राहत मिल्नेछ ।

सेल्फ प्रोटेक्सनमा ध्यान दिऔं : रश्मी महर्जन, कोभिड सर्भिलेन्स सिस्टम
हामिले यो समय व्यत्तिगत सरसफाई, साबुन पानीले हात धुने, माक्स र सेनिटाइजरको प्रयोग गर्ने कुरा महत्वपुर्ण हो । हामिले विभिन्न एप्लिकेशन तथा प्रविधिको सहि तरिकाले प्रयोग गर्न सक्यौ भने पनि नियन्त्रणको लागि सघाउ पुग्नेछ । व्यत्तिगत व्यवहार, खाना, सरसफाईले गर्दा धेरै हदसम्म हामिलाई सुरक्षित गर्दछ । सेल्फ प्रोटेक्सन पहिले सोचौ, त्यसपछि परिवार र समुदायलाई सुरक्षित राख्न सहयोग गरौ ।

नकरात्मक सोचबाट टाढा रहौं : पदमराज जोशी, मनोविज्ञ
हामिलाई रोगसँग लड्ने क्षमता चाहिन्छ । यसको लागि नकरात्मक सोचबाट टाढा रहनुपर्दछ । नकरात्मक सोच र सुचनाले हामिलाई कमजोर बनाउछ । यसर्थ सकरात्मक रोचाई राख्दै व्यत्तिगत सरसफाइ र सुरक्षामा ध्यान दिदै हाम्रो देनिकीलाई व्यवस्थित गर्नुपर्दछ । दैनिक कसरत गर्ने, गित संिगतमा रमाउने, पारिवारिक वैठक बस्ने र छलफल गर्ने बानी बसाल्नु राम्रो हुन्छ । मानसिक अवस्था बिग्रिरहेको र आत्महत्या बढिरहेको कुरालाई पनि ध्यान दिदै हामिले आफ्ना व्यवहारहरु नियन्त्रण गर्ने र सकरात्मक सोचको विकासमा ध्यान दिऔ ।

जनस्वाथ र प्रविधिलाई जोडेर जानु आवश्यक : रामहरी अधिकारी, जनस्वास्थकर्मी, कर्णाली प्रदेश

अहिले प्रभावकारी काम गर्न सक्ने भनेको स्थानिय निकायले हो । स्थानिय निकायबिचको सहकार्य र सञ्चारलाई बजबुत बनाउनुपर्दछ । क्राइसिसको बेलामा स्वास्थकर्मीलाई तालिम दिने र हौसला बढाउने काम गर्नुपर्दछ । अहिले कोरोनाको कारण अन्य बिरामीलाई अफ्ठेरो पर्ने अवस्था सृजना गर्नु हुदैन ।

जनस्वाथ र प्रविधिलाई जोडेर जानु आवश्यक छ । यो अवसरलाई सदुपयोग गर्दै तल्लोतहसम्म पनि सूचना प्रविधिलाई प्राथमिकतामा राखेर काम गर्नुपर्दछ । यसैगरी आर्थिक र अन्य रुपमा परेको असरलाई कसरी व्यवस्थित गर्र्दै जाने भन्नेबारे सोच्नुपर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *