कोरोना लक्षणः बच्चाहरुमा सुख्खा खोकी र पखाला लाग्न सक्छ !
काठमाडौं । बच्चामा कोरोना भाइरस संक्रमण हुँदा पखालासँगै ज्वरो पनि आउने हुन्छ । चीनका बालबालिकाहरुमा यस्ता कयौँ केसहरु देखिएका छन् । यो दाबी चीनका बालरोग विशेषज्ञहरुले आफ्नो रिसर्चमा गरेका छन् ।
फ्रन्टियर्स इन पीडियाट्रिक्स जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार यदि बच्चामा झाडापखालाको लक्षण देखिएको छ भने सावधान हुनु आवश्यक छ । केही समय पहिले वयश्कमा पनि यस्तो लक्षण देखिएको थियो । चीनबाट प्राप्त आँकडा अनुसार ५० प्रतिशत कोरोना बिरामीमा पेट दुखाई, उल्टी र पखालाको जस्तो लक्षण देखिएको थियो ।
बच्चाहरु कोरोनाका गम्भीर बिरामी होइनन्
रिसर्च वुहानको टाँङजी हस्पिटलमा गरिएको छ । अनुसन्धानकर्ता र बाल रोग विभागका हेड डा. वेनविन लीका अनुसार अधिकांश बच्चा कोरोनाका गम्भीर बिरामी होइनन् । थोरै मात्र केस गम्भीर छ । चीनमा देखिएका केस अनुसार कोरोना बिरामी बच्चामा पेटसँग जोडिएको समस्या मात्रै देखिन्छ । यदि बच्चा पहिले पनि बिरामी भएको छ र उसमा ज्वरो आइरहेको छ भने जचाउनु आवश्यक छ ।
अनुसन्धानकर्ताका अनुसार कोरोना आन्द्रामा पनि पुग्न सक्छ । वुहानको टाङजी हस्पिटलमा पुगेका संक्रमित बच्चामा गैर रेस्पिरेटरी लक्षण देखियो, अर्थात् स्वाससँग जोडिएको कुनै समस्या देखिएन । यद्यपी पछि निमोनिया भयो र कोरोना पुष्टि भयो । हरेक ५ बच्चामध्ये ४ बच्चामा पेटसँग सम्बन्धित लक्षण देखिने अनुसन्धानकर्ताको अनुसन्धानमा खुलेको छ ।