नेकपा सचिवालय बैठक सम्पन्न, के भयाे छलफल ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज (शुक्रबार) बसेको सचिवालय बैठक सम्पन्न भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमका बारेमा केन्द्रित रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार सचिवालय बैठमा प्रधानमन्त्री ओलीले सरकारका नीति तथा कार्यक्रमका बारेमा सुझाब मागेका थिए ।

बैठकमा स्थायी समिति बैठकबारे कुनै छलफल नभएको पनि उनले जानकारी दिए । नीति तथा कार्यक्रम आएपछि बस्ने सचिवालय बैठकले यसबारे निर्णय गर्ने उनले बताए । आज अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को संयुक्त सदनमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *