प्रधानमन्त्रीको फोटो बिगार्ने पौडेल पक्राउ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरुको फोटोको स्वरुप परिवर्तन गरी सामाजिक सञ्जालमा पोष्ट गर्ने एक जना पक्राउ परेका छन् । प्रहरीले सिन्धुली तिनपाटन गाउँपालिका–१ बेलघारी बस्ने मधु पौडेल भन्ने २२ वर्षीय तोरण राज पौडेललाई उक्त आरोपमा पक्राउ गरेको हो ।

उनले ओली लगायत अन्य विशिष्ट व्यक्तिहरुको फोटोको स्वरुप परिवर्तन गरी सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धको सामग्री प्रकाशन गरी घृणा, द्वेश फैलाउने काम गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार अनुसन्धान अगाडि बढाउन जिल्ला अदतल काठमाडौंले ५ दिनको म्याद दिएको छ । थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *