तीन वर्षमा सबै नागरिकको स्वास्थ्य बिमा, वडामै मधुमेह र रक्तचापको परीक्षण

काठमाडौं । सरकारले आगामी तीन वर्षमा सबै नागरीकमा स्वास्थ्य बिमा पुर्याउने भएको छ ।

संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य बिमामा आधारभूतबाहेक सबै उपचारलाई समावेश गरिने बताइन् ।

त्यस्तै वडामै मधुमेह र रक्तचापको परीक्षण गरिने व्यवस्था गर्ने पनि उनले बताइन् । दम, कलेजो ,पाठेघरको क्यान्सर, मधुमेहको परीक्षणको कार्यक्रम प्रभावकारी बनाइनेछ उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *