एकैदिन २ बालकमा कोरोना संक्रमण, काठमाडाैंमा फेरि एक थपिए !

काठमाडौं । पछिल्लो समय बालबालिकामा पनि कोरोना भाइरस संक्रमण बढ्दै गएको देखिएको छ । आज (शुक्रबार) बेलुकी थपिएका ९ जना संक्रमित मध्ये २ बालक पनि रहेका छन् ।

पर्सा, वीरगञ्ज ९ का १० वर्षीय र काठमाडौं सतुंगलका ७ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज ९ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ । जसमध्ये ३६ जना उपचारपछि निको भइसकेका छन् ।

Image may contain: text

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *