मदन-आश्रित स्मृती दिवस, अनौपचारिक कार्यक्रममार्फत माल्यार्पण

चितवन । आज २७ औं मदन-आश्रित स्मृति दिवस । तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित दुर्घटना भएको स्थल दासढुंगामा रहेका उनीहरुको शालिकमा माल्यार्पण गरिएको छ ।

लकडाउनका कारण औपचारिक कार्यक्रम नगरिएपनि अनौपचारिक कार्यक्रमका बीच मदन र आश्रितको शालिकमा नेकपाका नेताहरुले माल्र्यापण गरेका छन् । लकडाउनका कारण सिमित नेता तथा कार्यकर्ता मात्र दुर्घटना स्थल दासढुंगा पुगेका थिए ।

नेकपा केन्द्रिय सदस्य, चितवन जिल्ला इन्चार्ज एवंम् बागमती प्रदेश सदस्य कृष्ण प्रसाद खनाल, नेकपाका नेताहरु एवंम् प्रदेश सभा सदस्यहरु कृष्ण भुर्तेल, घनश्याम दाहाल, नेकपा जिल्ला अध्यक्ष यमवहादुर परियार,बागमती प्रदेश मुख्यमन्त्रीका राजनितिक सल्लाहाकार जेएन थपलिया, नेकपा नेता एवंम् जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी लगायतको टोलीले मदन आश्रितको शालिकमा माल्र्यापण गरेको नेकपा जिल्ला कमिटि सचिवालय सदस्य एवंम् रत्ननगर नगर कमिटि अध्यक्ष कुलप्रसाद लामिछानेले जानकारी दिए ।शालिकमा फुलमाला अर्पण गर्नुका साथै मौन धारणा गरिएको थियो । नेपालको कम्युनिस्ट आन्दोलनलाई जनताको बहुदलीय जनवाद (जबज) मार्फत लोकतान्त्रिक मार्गमा लैजान भण्डारीले खेलेका भुमिकाका बारे चर्चा गर्दै नेकपा केन्द्रिय सदस्य कृष्ण प्रसाद खनालले यो अवस्थामा स्वार्थ भन्दा माथि उठेर जनताको काम गर्नु पर्ने औल्याए ।

दासढुंगा संगै नेकपा पार्टी कार्यालय भरतपुरमा रहेको नेताहरुको शालिकमा समेत माल्र्यापण गरिएको थियो । वि.सं. २०५० जेठ ३ गते आजकै दिन मदन–आश्रित चढेको जीप दासढुगाबाट त्रिशुलीमा खस्दा उनीहरुको निधन भएको थियो । उनीहरुको स्मरणका लागि दासढुंगामा दुवै जनाको शालिक निर्माण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *