काठमाडौंका अस्पतालमा १३ जना कोरोना सङ्क्रमित उपचाररत

काठमाडौं। काठमाडौंका अस्पतालमा १३ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ। कोरोना सङ्क्रमितमध्ये काठमाडौँका विभिन्न चार अस्पतालमा १३ जनाको उपचार भइरहेको छ।

टेकु अस्पतालमा ५ जना, पाटन अस्पतालमा ४ जना, त्रिवि शिक्षण अस्पतालमा २ जना र बलम्बुको सशस्त्र प्रहरी अस्पतालमा २ जना सङ्क्रमितको उपचार भइरहेको हो। पछिल्लो समय काठमाडौँको चन्द्रागिरि नगरपालिका र भक्तपुरको मध्यपुर थिमी र चाँगुनारायण नगरपालिकामा कोरोना सङ्क्रमित भेटिएका थिए।

पछिल्लो समय ६ वर्षकी बालिका र शिक्षण अस्पतालकै एक कर्मचारीको कोरोना सङ्क्रमण देखिएको थियो। उनीहरूको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको त्यहाँका चिकित्सक डा. सन्तकुमार दासले जानकारी दिए। एपीएफ अस्पतालमा दहचोकमा पनि ७ वर्षका बालक र अस्पतालमै कार्यरत कर्मचारी उपचाररत रहेको बुझिएको छ।

शनिबारसम्म नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २७३ पुगेको छ। शनिबारमात्र थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जनामा कोरोना देखिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *