विराटनगरका १६ पत्रकारको स्वाव संकलन

विराटनगर । कोरोना भाईरस संक्रमणको जोखिमसँगै अग्रभागमा रहेर समाचार संकलनका लागि खटिएका पत्रकारहरुको स्वाव संकलन गरिएको छ ।

नेपाल पत्रकार महासंघ मोरङको प्राङ्गणमा आज मोरङका १६ जना पत्रकारहरुको पिसिआर प्रविधिबाट कोरोना परीक्षणका लागि स्वावको नमूना संकलन गरिएको हो ।

विराटनगरमा रहेको कोभिड–१९ उपचार केन्द्रमा रहेका कोरोना संक्रमित र कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकहरुको निकट रहेर भिडियो तथा फोटो पत्रकारितामा संलग्न १६ जना पत्रकारहरुको स्वाव संकलन गरिएको पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेलले बताए ।

 पोखरेलले पहिलो चरणको परीक्षणको नतिजा अनुसार कोरोना संक्रमणको जोखिमको आधारमा दोश्रो चरणमा पनि स्वाव संकलन गरि परीक्षण गरीने छ ।

‘आज कोरोनाको रिपोर्टिङमा प्रत्यक्ष खटिने फोटो पत्रकार र भिडियो खिच्ने पत्रकारको हो ।’ अध्यक्ष पोखरेलले भने । उनीहरुको स्वाबको रिपोर्ट सोमबार बिहानसम्म आउने जनाईएको छ ।

तस्विरः सुजता निङ्लेकू, मकालु खबर, विराटनगर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *