औषधी व्यवसायीको शंकास्पद मृत्यु, श्रीमतीसहित दुई जना प्रहरीको नियन्त्रणमा

  • सुजता निङ्लेकु

विराटनगर । विराटनगर १० मधुमारामा एक औषधी व्यवसायीको शंकास्पद मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका १२ खनारका ३३ वर्षीय देवीप्रसाद दुलालको आईतबार बिहान डेरामा डेरामा भेटिएको हो ।

दुलाल विराटनगरमा औषधीको डिलर संचालन गर्दै आएका थिए । ‘देवी माँ पाथीभरा फर्मा’ चलाउदैँ आएका उनी राति सुतेकै अवस्थामा बेहोस भेटिएका थिए ।

मृतक दुलाललाई उनको श्रीमती मिना श्रेष्ठ दुलाल, छिमेकी कल्याण राजवंशी र अर्का औषधी व्यवसायी धनबहादुर काफ्लेले बिहान ३ बजे उपचारका लागि अस्पताल पुर्याएका थिए तर अस्पतालले मृत घोषणा गर्याे । दुलालको नाक, हात, घाँटी र आँखाको डिलमा चोट देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक मानबहादुर राईले बताए ।

प्रवक्ता राईको अनुसार दुलालको मृत्यु शंकास्पद देखिएको र घटनाको प्रकेति हेर्दा शंकास्पद भएकाले मृतकका श्रीमती मिना श्रेष्ठ दुलाल र अन्य दुई जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाइएको छ । पोष्मार्टमको रिपोर्ट आउन बाँकी रहेको प्रवक्ता राईको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *