विराटनगर २ र धनकुटामा १ गरी तीन कोरोना संक्रमित थपिए

विराटनगर । आज प्रदेश १ मा तीन जना कोरोना संक्रमित भेटिएका छन् । प्रदेश १ को राजधानी विराटनगर दुई जना र धनकुटामा एक जना गरी तीन जना कोरोना संक्रमित भेटिएका हुन् ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीका अुनसार विराटनगरमा २ जना र धनकुटामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज भेटिएका तीन जनासँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । मुख्यमन्त्रीका प्रेस सल्लाहकार सुवेदीका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

धनकुटामा ३४ बर्षीय महिलामा कोरोना पुष्टि भएको छ भने विराटनगरमा ३६ बर्षीय पुरुष र २९ बर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । धनकुटामा पहिलाे पटक संक्रमित भेटिएकाे हाे ।

संक्रमित धनकुटाकी महिला स्वास्थ्यकर्मी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९६ पुगेको छ । जसमध्ये ३६ जना उपचारपछि घर फर्किएका छन् । २ जनाको भने मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *