परपुरुषसँग मिलेर श्रीमानको हत्या !

काठमाडौं । विराटनगरका औषधि व्यवसायी देवीप्रसाद दुलालको हत्यामा श्रीमतीकै संलग्नता रहेको खुलेको छ । व्यवसायी देवीप्रसादको श्रीमती मीना श्रेष्ठ दुलालकै योजनामा हत्या भएको निष्कर्षमा प्रहरी पुगेको हो ।

सुनसरीको इटहरी उपमहानगरपालिका १२ खनारका ३३ वर्षीय दुलालको आइतबार बिहान कोठामै मृत भेटिएका थिए । मृत्यु शंकास्पद लागेपछि प्रहरीले मीनासँगै अर्का युवक ब्रम्हदेव साहलाई पक्राउ गरेको छ । पक्राउ परेका साह दुलालले सञ्चालन गर्ने माँ देव पाथीभरा फर्माका पूर्वकर्मचारी हुन् । ब्रम्हदेव र मीनाको अवैध सम्बन्ध थियो ।

उनीहरुको सम्बन्धबारे दुलालले थाहा पाएपछि उनीहरुबीच विवाद बढेको थियो । श्रीमानसँग विवाद बढेपछि उनकै योजनामा साहसँग मिलेर घटना भएको हुनसक्ने प्रहरीले बताएको हो । प्रहरीका अनुसार डोरीले घाँटी बाधेर हत्या गरिको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

शनिबार राति दुलाल छुट्टै ओछ्यानमा सुतेका थिए । श्रीमती मीना र ८ वर्षका छोरा अर्को ओछ्यानमा सुतेका थिए । ‘सुतेको बेला दुलालको हत्या भएको हुनसक्नछ,’ प्रहरी स्रोतले भन्यो, ‘हत्यामा प्रयोग भएको डोरी दुलालको घरनजिकै झाडीमा भेटेको छ ।’

उनको घाँटीमा डोरीले बेरेको निलडाम र निधारमा ठूलो चोट छ । निधारको चोट भने प्रतिकार गर्न खोज्दा खाटमा ठोक्किएर लागेको हुक्ने प्रहरीको भनाइ छ ।

श्रीमती मीनाका अनुसार राति २ः४१ बजे उठेर हेर्दा दुलाल अचेत अवस्थामा थिए । त्यसलगत्तै छिमेकीलाई बोलाएर उनलाई बि हान ३ बजे उपचारका लागि अस्पताल लगिएको थियो तर, अस्पतालले मृत घोषणा गरेको थियो ।

यो पनि : औषधी व्यवसायीको शंकास्पद मृत्यु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *