राष्ट्रिय सुरक्षामा लगाउनु पर्ने सेना काठमाडौंको सडकमा किन ? : प्रकाशमान सिंह

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रिय सुरक्षामा लगाउनु पर्ने सेना किन काठमाडौंको सडकमा देखिएको भन्ने प्रश्न गरेका छन्। प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा नेता सिंहले शान्ति सुरक्षाको जिम्मेवारी प्रहरीको भए पनि काठमाडौंका सडकमा सेना देखिएको बताए।

उनले भनेका छन्, ‘कालीमाटीमा घनश्याम झालाई ब्लड लिन गएको बेलामा सेनाले दुःख दियो। यो सरकारले के गर्न खोजेको ? राष्ट्रिय सुरक्षामा लगाउनु पर्ने हो सेनालाई। शान्ति सुरक्षा त प्रहरीले गर्नुपर्ने हो नि। यस्तो किन भएको छ ? जनतालाई किन अपमानित गरेको छ ? सरकारको नियतका बारेमा हामी सबै सजग हुनुपर्छ।’

सरकार एकपछि अर्को भ्रष्टाचार र अनियमितताका काण्डमा फस्दै गएको उनले बताए। नीति तथा कार्यक्रम हेर्दा सरकारको पूर्ण असफलता देखिएको उनको तर्क छ। असफलता ढाकछोप गर्न सरकारले लामो नीति तथा कार्यक्रम ल्याएको बताए। उनले भने, ‘सरकारले आफ्नो कमजोरीलाई ढाकछोप गर्न, आफूले डेलीभर गर्न नसकेको कुरालाई अर्कातिर डाइभर्ट गर्न, भ्रष्टाचारलाई ढाकछोप गर्न यति लामो नीति तथा कार्यक्रम ल्याएको रहेछ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *