एकैदिन थप ५३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३५७ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ३५७ पुगेको छ । आज दिउँसो थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार भेरी अस्पतालस्थित प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ४७ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये १ जना महिला र ४६ जना पुरूष छन् ।

त्यस्तै मोरङको विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा भएको परीक्षणमा मोरङका एक जना पुरुष, भैरहवाको प्रयोगशालामा गरिएकाे परीक्षणमा गुल्मीका ४१ वर्षीय पुरुष, धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएकाे परिक्षणमा धनुषाका १, रौतहटका १, दाङका १ र धादिङका १ जनामा काेभिड पुष्टि भएकाे प्रवक्ता देवकाेटाले जानकारी दिए ।

संक्रमित सबै १८ देखि ४६ वर्ष उमेर समूहका छन् । ३५७ संक्रमित मध्ये पुरूष २९८ र महिला ५९ जना छन् । हालसम्म संक्रमणबाट २ जनाकाे मृत्यु भएकाे छ भने ३६ जना उपचारपछि निकाे भएर घर फर्किसकेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *