सुनसरीमा २ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं। सुनसरीमा मंगलवार २ जनामा कोरोना सङ्क्रमण देखिएको छ। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा दुई जनामा सङ्क्रमण देखिएको प्रदेश १ मुख्यमन्त्री कार्यालयका प्रेस संयोजक ध्रुव सुवेदी जानकारी दिए

जसमध्ये एक जना सशस्त्र प्रहरी रहेको खुलेको छ। अर्का सङ्क्रमित इटहरी उपमहानगरपालिका वडा २ का १८ वर्षीय युवक रहेको छन्। आजै मात्र कपिलवस्तुमा ४ र झापामा ९ जना कोरोना सङ्क्रमित थपिएका छन्। योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय ९० पुगेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *