क्रिमसन अस्पतालकाे दाविः गुल्मीका काेराेना संक्रमितकाे मृत्यु भएकाे छैन

काठमाडौं। नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट तेस्रो व्यक्तिको मृत्यु भएको समाचार गलत रहेकाे अस्पतालले जनाएकाे छ । अस्पतालले आज एक विज्ञप्ति जार गर्दै यस अघि भेन्टिलेटरमा उपचारका लागि राखिएका उक्त ब्यक्तिकाे काेराेना संक्रमणका कारण निधन भएकाे समाचार प्रकाशित भएकाे प्रति आपत्ति जनाउँदै गलत समाचार प्रकाशित भएकाे जनाएकाे छ ।

जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उनलाई रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको र जेठ २ गते उनको स्वाब परीक्षण गर्दा सोमबार कोरोना सङ्क्रमणको पुष्टि भएको र भेन्टिलेटरको सहायतामा आइसियूमा उनको उपचार भइरहेको जनाएकाे छ ।

प्रदेश-५ को मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार तयार पारिएकाे उक्त समाचारमा गलत तथ्य प्रकाशित भएकाे प्रति हामी क्षमा याचना गर्दै उक्त समाचार हटाइएकाे सम्पूर्ण पाठकहरूमा जानकारी गराउँदछाैं । यसबाट पाठकहरूमा पर्न गएकाे द्विविधा प्रति हामी क्षमा याचना गर्दछाैं ।

सम्पादक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *