कालिमाटी वृत्तमा काेराेनाः पहिलाे चरणमा ९० प्रहरीकाे परीक्षण हुँदै !

काठमाडौं । काठमाडौं उपत्यकाका २ जना प्रहरीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएसँगै अन्य प्रहरीको पनि कोरोना टेष्ट सुरु गरिएको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई जना प्रहरी कोरोना संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा आएका प्रहरीहरुको कोरोना टेष्ट सुरु गरिएको हो ।

संक्रमित ती दुई प्रहरीसँग नजिकको सम्पर्कमा आएका २ सय १४ जनाको स्वाब परीक्षण गर्ने तयारी भइरहेको जानकारी दिइएकाे छ । पहिलो चरणमा भने महानगरीय प्रहरी वृत्त कालीमाटीमा रहेका ९० प्रहरीको कोरोना टेष्ट सुरु गरिएको छ ।

चार दिनअघि १९ जना प्रहरीको कोरोना परीक्षण गरिएको थियो जसमा प्रहरी नायव निरीक्षक (सई) र प्रहरी जवानमा कोरोना संक्रमण देखिएको थियो । वृत्तमा रहेका प्रहरीमा कोरोना देखिएपछि अहिले कालिमाटी वृत्तसँगै प्रहरीका ६ एकाइ कार्यालय सिल गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *