विदेशबाट फर्कन चाहनेलाई नेपालको माटोमा बच्न दिऊँः जितेन्द्र देव

काठमाडौं। नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले सरकारले विदेशमा रहेका नेपालीहरूको अभिभावकिय जिम्मेवारी पुरा गर्नुपर्ने बताएका छन्। राष्ट्रियसभाको शून्य समयमा बोल्दै उनले विदेशमा समस्याका रहेका नेपालीको पनि अभिभावक बन्न सरकारलाई आग्रह गरे।

उनले भनेका छन्, ‘देशभन्दा बाहिर रहेका नेपालीको जीवनमा खतरा आउँदा नेपाल सरकारले अभिभावकिय जिम्मेवारी पूरा गरोस्।’ विदेशमा जागिर गुमाएर समस्यामा परेका र नेपाल आउन चाहनेलाई व्यवस्थित रूपमा स्वास्थ्य परीक्षण गरेर सरकारले ल्याउनुपर्नेमा उनको जोड छ।

सांसद देवले भनेका छन्, ‘देशमा आउन चाहने नेपालीलाई नेपालको माटोमा बच्न दिऊँ, कोहीको दुर्भाग्यवश मर्छ भने नेपालको माटोमा मर्न सकोस्।’

उनले कोरोना भाइरसको सम्भावित जोखिम तथा राष्ट्रियताको सवालमा सरकारले काम नै नगरेको भन्ने कुरा प्रतिपक्षले नगरेको बताएका हुन्। सांसद देवले भने, ‘प्रतिपक्षले वर्तमान सरकारले काम गरेको छैन भनेर भनेको होइन, नेपालको स्वाभिवमान, स्वतन्त्रता र नेपाली जनताको बाँच्न पाउने अधिकार महत्वपूर्ण भनेको मात्रै हो।’

कोरोना भाइरसको जोखिमबाट नेपालको छिमेकी राष्ट्र भारतमा आठ लाख नेपाली, कुवेत, मलेसियालगायत देशबाट भोकमरी र कामविहीन भएका नेपालीलाई मात्र ल्याउनुपर्छ भन्ने विपक्षीको माग भएको उनले स्पष्ट पारे।

उनले क्वारेनटाइन डब्लूएचओको मापदण्डअनुसार नभएकाले कोरोना सर्ने खतरा बढेको भन्दै मापदण्डअनुसार बनाउनुपर्नेमा जोड दिए। ‘पीसीआर टेस्ट बढीभन्दा बढी गरियोस्। काँग्रेस सरकारलाई सहयोग गर्न चाहन्छ। सरकारले राजनीतिक शक्तिलाई पनि उपयोग गरोस्,’ देवले भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *