नेपालको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक गरिँदै

काठमाडौँ । आज (बुधबार) दिउँसो औपचारिक रुपमा नेपालको नयाँ राजनैतिक नक्सा सार्वजनिक गरिने भएको छ ।

दिउँसो २ः१५ बजे कालापानी,  लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक गर्न लागिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ । नक्सा सार्वजनिक कार्यक्रमको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनमार्फत हुनेछ ।

मन्त्रीपरिषद्को सोमबारको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भूमि भएकाले  यो भुमि नेपालको नक्सामा राख्ने भन्दै नक्सा स्विृकती गरेको थियो । मन्त्रीपरिषद्ले स्विकृत गरेको नयाँ नक्सा सरकारले प्रमाणीकरण गरिसकेको भूमिमन्त्री पद्या अर्यालको सचिवालयले जनाएको छ ।

नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागबाहेकको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर छ । अब सबै कार्यालय, दस्तावेज, पाठ्यपुस्तक, कुटनीतिक नियोग लगायतमा नेपालको नयाँ नक्सा चलनमा आउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *