चितवनमा चोरीका घटना विगविगी, सुरक्षा अपनाउन सुझाव

  • ध्रुवराज खनाल

चितवन । चितवनमा चोरीका घटना बढ्दै गएको छ । लकडाउनको प्रवाह नगरी रातको समयमा जिल्लाका विभिन्न स्थानमा चोरी भइरहेका छन् । पछिल्ला दुई सातामा जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा आधा दर्जन बढी पसलमा चोरी भएका छन् ।

दुई साताको बीचमा रत्ननगरमा पाँच वटा पसल र खैरहनीमा १ वटा पसल चोरी हुनुका साथै एक पसलमा चोर्ने प्रयास विफल भएको छ । पछिल्लो पटक मंगलबार राती रत्ननगर १ सौराहा चोकमा रहेको सगरमाथा मोबाईल पसलमा चोरी भएको छ ।

दुई वटा बैंक समेत रहेको सो भवनमा रहेको पसलबाट करिव १२ लाख बराबरको सामान चोरी भएको प्रहरीले जनाएको छ । चोरले करिब १२ लाख रुपैया बराबरको मोबाईल, रिचार्ज कार्ड र नगद चोरी गरेको पसलका संचालक शंकर पौडेलले बताए ।

मर्मतका लागि ग्राहकले ल्याएका आईफोन लगायत अन्य मोबाईल,मोबाईलका पार्टस चोरी भएको उनको भनाई छ ।सटरमाथिबाट चढेर जिप्सन काटी चोर भित्र प्रवेश गरेको देखिन्छ । सटर माथीको रहेको सानो भाग बाट छिरेर जिप्सन काटेको अनुमान छ । सो पसलसँगै सांग्रिला बैंक र भवनको माथिल्लो तलामा सेन्चुरी वैक रहेका छन् ।

बैंकमा रातको समयमा गार्ड हुने भएपनि उनीहरुले भने केही थाहा नपाएको बताएका छन् । पसलमा सिसि क्यामेरा समेत रहेको र चोरीका बेला ति सवै दृश्य कैद भएकाले थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय टाँडी रत्ननगरका प्रहरी नायव उपरिक्षक (डिएसपी ) रविन कार्कीले बताए ।

सिसी क्यामेरा फुटेजमा चोरीमा सलग्न अन्दाजी १९/२० वर्षको देखिन्छ । करिब एक साताअघि इलाका प्रहरी कार्यालय भन्दा करिब १०० मिटरको दुरीमा समेत चोरी भएको थियो । त्यति बेला सामान्य चोरी भएको देखिए पनि यस्ता घटनाले अहिले समाजमा सन्त्रास फैलाएको छ ।

साथै सुरक्षा अपनाउनु पर्ने देखिएको छ । इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी कार्कीले चोरीका केशहरु वढ्न थालेको भन्दै सजगता अपनाउनु पर्ने बताउँछन् । अघिल्ला घटना सामान्य जस्ता देखिन्छन् डिएसपी कार्कीले भने, ‘मंगलबार रातीको केशले सोचनिय बनाएको छ, यस्ता घटना हुन नदिन पसलवाला, घरधनीले पनि सजगता अपनाउनु पर्छ ।’

यसअघि चोरी भएका घटनामा सलग्न र मंगलबार राती भएको घटनाका बारे अनुसन्धान भईरहेको डिएसपी कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *