राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा पुनः सुचारु

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा सञ्चालनमा आएको छ । कोरोना संक्रमितको मात्र उपचार गर्न भन्दै प्रतिष्ठानले बुधबारदेखि प्रतिष्ठानको ओपिडी सेवा बन्द गर्ने सुचना प्रकाशित गरेको थियो ।

तर, प्रतिष्ठानको उपचार सेवा बन्द गर्न नहुने भन्दै सर्वत्र विरोध भएपछि प्रतिष्ठानले आजबाटै सम्पूर्ण सेवा सुचारु रहने जानकारी गराएको छ ।

प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाश देबले दाङबासीको चाहना र बिरामीको हितलाई ध्यान दिएर सबै उपचार सेवा सुचारु गरीएको बताए । प्रतिष्ठानले कोरोना सक्रमणका बिरामीको उपचार सुरु गरेपछि भने सम्पूर्ण बहिरंग अन्तरंग सेवाहरु बन्द गर्ने अडान कायमै राखेको छ ।

‘कोरोना संक्रमणको बिरामी प्रतिष्ठानमा भर्ना गर्नुपर्ने अवस्थामा प्रतिष्ठान सम्पूर्ण बहिरंग तथा अन्तरंग सेवा बन्द गर्न बाध्य हुने व्यहोरा जानकारी गराउन चाहान्छौं ।’ प्रतिष्ठानले जारी गरेको सुचनामा भनिएको छ ।

प्रतिष्ठानका एक जना सह–सचिबले कम्तिमा एक सय जना कोरोना संक्रमित विरामीको उपचार गर्न भनेको भन्दै एकाएक बहिरंग सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *