अमेरिका बसेका युवकले पठाए स्वास्थ्य सामग्री

दैलेख । नौमुले गाउँपालिका-६ स्थायी घर भएका मानेन्द्र चन्दले आफ्नो गाउँका जनताका लागि पाँच थान थर्मल गन, ३०० थान सर्जिकल मास्क, ५०० थान पञ्जा, तीन हजार ट्याब्लेट सिटामोल २५ थान एन–९५ मास्क सहयोग गरेका छन् ।

चार वर्षदेखि अमेरिकामा बस्दै आएका उनले नौमुले गाउँपालिका र स्वास्थ्यचौकीलाई पठाएको स्वास्थ्य सामग्री कर्णाली प्रदेशसभा सदस्य अमरबहादुर थापा र नौमुलेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता छवि सुवेदीले गाउँमै पुगेर वितरण गरे ।

जिल्लामा औषधि नपाइने भएपछि काठमाडौँमा दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाहीसँगको सहकार्यमा स्वास्थ्य सामग्री खरीद गरी दैलेख ल्याइएको हो । चन्दले दैलेखका पत्रकारलाई एन-९५ मास्क पनि सहयोगस्वरुप पठाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *