पाकिस्तानमा ९९ जना सवार विमान दुर्घटना

काठमाडौं । पाकिस्तानको व्यापारिक राजधानी भनिने कराँची शहरमा एक यात्रुवाहक विमान दुर्घटना भएको छ । एयरपोर्टमा उक्त विमान ल्याण्ड हुनुभन्दा एक मिनेट पहिला दुर्घटनामा परेको बताइएको छ ।

पाकिस्तानको राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको विमान कराँची एयरपोर्टमा दुर्घटना भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ । पाकिस्तान सरकारकाे तर्फबाट अहिलेसम्म कतिको मृत्यु भयो अथवा कति घाइते भए भन्ने सूचना आएको छैन ।

पाकिस्तानको नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त विमान लाहोरबाट आएको थियो । प्राधिकरणका अनुसार विमान एक मिनेटमा ल्याण्ड हुने अनुमान गरिएको अवस्थामा विमानसँगको सम्पर्क विच्छेद भएको थियो ।

पाकिस्तानमा कोरोना भाइरसका कारण जारी लकडाउन खोलेपछि पुन एक पटक हवाई उडान सुरु भएको थियो । उडान सुरु भएको केही दिनमै दुर्घटना भएको हो । उक्त विमानमा ९१ जना यात्रु र चालक दलका ८ जना रहेको पाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *